पोखरामा जीप दुर्घटना, चालक गम्भीर घाइते

पाेखरा | माघ १०, २०८०

पोखरामा जीप दुर्घटना, चालक गम्भीर घाइते Photo: Balaram Timilsina

पोखरा:  पोखरामा आज बिहान दुध बाेकेकाे जीप दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्  । 


पोखरा महानगरपालिका–१८ सराङकोटबाट बागलुङ बसपार्क पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बर बोलेरो जीप दुर्घटना भएको हो । 


जीप दुर्घटना हुँदा चालक कृष्णबहादुर थापा गम्भीर घाइते भएका छन् । कास्की प्रहरीका अनुसार  उनलाई दुर्घटना स्थलबाट उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल​ लगिएको छ ।

 

जीपमा सवार चन्द्रकला थापा र हरिकला थापा सामान्य घाइते भएका छन्  । 

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्