कास्की प्रहरीमा सबै भन्दा बढी सहायक हवल्दार कारवाहीमा
पाेखरा | माघ ९, २०८०

पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले दोस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । प्रगति वितरणमा यस कार्यालयमा कार्यरत प्रहरीलाई कारवाही गरेको देखि विभिन्न सफल अनुसन्धानमा समेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले कात्तिकदेखि पुष मसान्तसम्म ५ जना सहायक हवल्दारसहित ८ जना प्रहरी कारवाहीमा परेको डिएसपी एवम् कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
उनका अनुसार कास्की प्रहरीमा कार्यरत खराव आचारण व्यवहारका कारण ५ जना प्रहरी सहायक हवल्दार, १ जना प्रहरी हवल्दार, १ जना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी निरीक्षकलाई कारवाही गरिएको हो । यस्तै कास्की प्रहरीले एकजना प्रहरी नायव उपरिक्षकलाई पुरस्कृत समेत गरेको छ ।
कास्की प्रहरीले बल प्रयोगको सिद्धान्त तथा हातहतियार प्रयोग सम्बन्धी ३५ जना प्रहरी कर्मचारीहरुलाई तालिम प्रदान गरेको छ । भने, भिड नियन्त्रण विशेष घुम्ति अनुशिक्षण तालिम समेत दिएको छ ।
कास्की प्रहरीले समुदाय प्रहरी साझेदारी अन्तर्गत २ सय ३४ वटा विभिन्न सचेतना मूलक कार्यक्रमसेत सञ्चालन गरेको छ ।
ट्राफिक जनचेतना जगाउन कास्की प्रहरीले सर्वसाधारणदेखि सवारी चालक तथा व्यवसायीहरुलाई विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरेको छ ।
जसमा कास्की प्रहरीले ५० जना विद्यार्थीहरु, ७३ हजार सवारी चालक तथा व्यवसायीहरु, ४ हजार ८ सय ५५ जना सर्वसाधारण नागरिक र २१ हजार ६सय ७७ जना यात्रु तथा चालकहरुलाई ट्राफिक जनचेतना मूलक कार्यक्रम सञ्चालन गरेको छ ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बोर्डले गोरखापत्रमार्फत् सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो । बोर्डले पुराना आं...
कास्की: गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारको बन्दीगृहबाट भागेका ८१ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । कारागार विभागले विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई असो...
पोखरा: पछिल्लो समय नेपालमा मुवाथाईको लोकप्रियता बढ्दो छ । पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रिय स्तरको इभेन्टनै हुने गरेको छ । साक यान्त मुवाथाईले पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज&rsq...