दार्चुलामा बस दुर्घटना हुँदा १४ जना घाइते
पाेखरा | माघ ५, २०८०
दार्चुला: दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको बस महाकाली नगरपालिका ५ किम्तडी स्थित फोहोर सङ्कलन केन्द्र नजिकै दुर्घटना भएको छ ।
दार्चुला सदरमुकाम खलङ्गाबाट आज बिहान ५ः३० बजे महेन्द्रनगरको लागि छुटेको महाकाली यातायातको सुपप्र ००१ ख १०३१ नम्बरको बस बिहान ६ बजेतिर दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
चालकसहित बसमा सवार १४ जना यात्रुहरू घाइते भएको र घाइते सबैलाई उपचारको लागी जिल्ला अस्पताल दार्चुला ल्याइएको प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उनले बताए ।
चालक समेत उपचारमा रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

