पोखरामा कारको ठक्करबाट मृत्यु भएका एक पैदल यात्रीको अझै भएन सनाखत

पाेखरा | पुस २४, २०८०

पोखरामा कारको ठक्करबाट मृत्यु भएका एक पैदल यात्रीको अझै भएन सनाखत कारको ठक्करबाट मृत्यु भएका पैदल यात्रु

पोखरा:    पोखरामा कारको ठक्करबाट मृत्यु  भएका एक पैदल यात्रीको दुईसाता बितिसक्दा पनि अझै सनाखत हुन सकेको छैन् । बागलुङ बसपार्कबाट जिरोकिमीतर्फ जाँदै गरेको कारले दुईजना पैदल यात्रीलाई गत पुस ९ गते मध्यरातमा पस्र्याङचोकमा ठक्कर दिएको थियो । 


कारले पैदल यात्रीलाई ठक्कर दिँदा बागलुङको ढोरपाटन नगरपालिका–६ घर स्थायी घर भई पोखरा–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का एकजना पैदल यात्रुको मृत्यु भएको थियो । 


कारको ठक्करबाट मृत्यु  भएका बागलुङको ढोरपाटन नगरपालिका घर भई पोखरा बस्ने ढालेन्द्र छन्त्यालको शव केही दिन पछाडि परिवारले बुझेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले सुनगाभा न्यूजलाई जानकारी दिए । 


यस्तै कारको ठक्करबाट मृत्यु  भएका अन्दाजी ३०/३५ वर्ष जस्तो देखिने पुरुषको सनाखत हुन नसकेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।  


कारको ठक्करबाट मृत्यु  भएका पैदलय यात्रीको शव पोष्टमार्टम पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको कास्की प्रहरीले जनाएको छ । 
  

कास्कीको माछापुच्छ«े गाउँपालिका २ खादरजुङ्ग बस्ने ३२ वर्षीय भक्तराम गुरुङले चलाएको  बा १३ च ३७२१ नम्बरको कारले गत पुस ९ गते मध्यरातामा दुई जना पैदल यात्रीलाई ठक्कर दिएको थियो ।  पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालक गुरुङ वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

म्याग्दी:  म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र गर्न सुरु भएको छ ।  भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको ...

थप पढ्नुहोस्

ढोरपाटन:  दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो ।  दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत...

थप पढ्नुहोस्

पोखरा:   दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डु गोर्खाजले विजयी सुरुवात गरेको छ ।  सुरुमा ब्याटिङ गरेको जनकपुर...

थप पढ्नुहोस्