मुख्यमन्त्रीहरुले नौ बुँदे निर्णय प्रधानमन्त्रीलाई बुझाए

काठमाडाैं | पुस १४, २०८०

मुख्यमन्त्रीहरुले नौ बुँदे निर्णय प्रधानमन्त्रीलाई बुझाए

काठमाडौं:    सङ्घीयता कार्यान्वयनको लागि अधिकार माग्दै मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरुले नौ बुँदे निर्णय बुझाउँदै ध्यानाकर्षण समेत गराएका हुन् ।


हिजो मकवानपुरको हेटौँडामा भएको मुख्यमन्त्रीहरुको भेलाले गरेको निर्णयअनुसार सङ्घीयता कार्यान्वयन र संविधानमा प्रदत्त अधिकार प्रदेश सरकारलाई दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।


गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत सहभागी भेटमा मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई साझा अवधारणापत्र बुझाएका हुन् । पहिले पोखरामा भएको निर्णय पनि कार्यान्वयन नभएको र अहिलेको यो नौ बुँदे साझा अवधारणापत्रलाई त्यसैगरी बेवास्ता नगर्न पनि उनीहरुले भनेका छन् ।


हिजो हेटौँडा भेला सकेलगत्तै मुख्यमन्त्रीहरु काठमाण्डौ आएका थिए । सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकार गम्भीर नभएको भन्दै अब पनि बेवास्ता गरेमा सङ्घर्षमा जाने चेतावनी दिएका छन् ।


मुख्यमन्त्रीहरुले प्रहरी समायोजन, सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् । प्रदेशले प्रयोग गरिरहेका सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण गर्न, साझा अधिकारका विषयका कानुन निर्माणमा सहकार्य गर्न, राष्ट्रिय वनलगायतका प्राकृतिक स्रोतको उपयोग एवम् राजस्व बाँडफाँट, वित्तीय हस्तान्तरणलगायतका माग राखेका छन् । 

पोखरा: नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखराहुँदै बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी सञ्चालित तीन दिने पर्यटन प्रवद्र्धन कार्यक्रम सकिएको छ ।  ...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा सम्पन्न आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि रच्दै आफ्नो उमेर समुहमा इतिहास रचेकी छन् ।  कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा स...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ ।  लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि उचालेको हो ।  सुरुमा ब्...

थप पढ्नुहोस्