आदिवासी जनजातिलाई जलवायु परिवर्तनको चिन्ता, पोखरामा ३ दिने कार्यशाला सम्पन्न

पाेखरा | पुस १२, २०८०

आदिवासी जनजातिलाई जलवायु परिवर्तनको चिन्ता, पोखरामा ३ दिने कार्यशाला सम्पन्न

पोखरा:  पोखरामा जलवायु परिवर्तनबारे ३ दिने राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।

 

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को जलवायु परिवर्तन साझेदारी कार्यक्रम अन्तरगत आदिवासी जनजाति समुदायलाई लक्षित गर्दै राष्ट्रिय कार्यशाला आज सम्पन्न भएको हो ।

 

कार्यक्रमको समापन सत्रमा बोल्दै महासंघका संघीय महासचिव दिवश किरात राईले तीन दिनसम्म चलेको कार्यशाला अत्यन्तै महत्वपूर्ण भएको धारणा राखे ।

 

उनले पछिल्लो समय जलवायु परिवर्तनको विषयबारे विश्वव्यापी  चर्चा भइरहेको बताउदै नेपालमा सबैभन्दा बढी आदिवासी जनजाति चनाखो हुनुुपर्ने उल्लेख गरे । ‘क्लाइमेट चेन्जको विषय अहिले हट केकको रुपमा विश्वभर चर्चा र चिन्ता व्यक्त भइरहेको छ, महासचिव राईले भने, ‘यसको प्रभावबाट नेपालका आदिवासी जनजाति प्रत्यक्ष ग्रसित हुने देखिएको छ । त्यसैले सचेत हुन आवश्यक छ ।’

 

हरितगृह ग्यासको वृद्धि भएसँगै जलवायु परिवर्तन भएको बताउदै विश्वभर चिन्ताको विषय बनेको बताए । ‘यसको प्रभाव नेपालमा मात्रै होइन । अन्य मुलुकका पनि प्रभाव पर्ने भएकाले यसको न्यूनीकरण र अनुकुलनका लागि विभिन्न संस्थाले कार्यक्रम गर्दै आएको छ ।’

 

उनले जलवायु परिवर्तनको असर नेपालमा आदिवासी जनजातिलाई प्रत्यक्ष प्रभाव पर्ने बताउदै सचेत हुन आवश्यक रहेको बताए । 

 

महासचिव राईले जलवायु परिवर्तनका कारण संस्कृतिको विनाश हुने बताउदै नेपालका सम्पूर्ण आदिवासी जनजातिहरुको पहिचान मेटिन सक्ने धारणा राखेका थिए ।

 

३ दिनसम्म सञ्चालन भएको कार्यशालामा जलवायु परिवर्तन रोक्नका लागि विभिन्न संघ संस्थाहरुको योजना र प्रयासबारे चर्चा गरिएको थियो ।

 

उक्त कार्यशालामा जलवायु परिवर्तनको संकेत, कारण तथा असरहरु, यसको न्यूनीकरण र अनुकुलनहरुबारे छलफल भएको थियो ।

 

तालिममा नेफिन जलवायु पविर्तन साझदाी कार्यक्रमका निर्देशक टुंग राई, धनमान गुरुङ, छिरिङ वाङ्मो गुरुङ, रेड कार्यान्वयन केन्द्रका नवराज पुडासैनी, एइएसीका मुक्ति विक्रम क्षेत्री र आइयुसिएनका युवराज गुरागाँई लगायतले प्रशिक्षण दिएका थिए ।

 

गत १० गतेदेखि १२ गतेसम्म लेकसाइडस्थित होटल ल्याण्डमार्कमा  सञ्चालित राष्ट्रिय कार्यशालामा देशभरबाट २० जना पुरुष र २० जना महिला गरी कुल ४० आदिवासी जनजातिको सहभागिता रहेको थियो ।


 

बझाङ:   बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको हो ।  ...

थप पढ्नुहोस्

भोजपुर:     भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा...

थप पढ्नुहोस्

काठमाडौंः   जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ ।    पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा हालै बसेको बैठकले विभिन्न पा...

थप पढ्नुहोस्