गण्डकी प्रदेशको हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

पाेखरा | पुस ८, २०८०

गण्डकी प्रदेशको हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

काठमाडौँ:  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। 
 

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

 

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

आज राति भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

 

देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पोखरा:    बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ ।  विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोज...

थप पढ्नुहोस्

गण्डकीः   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको ...

थप पढ्नुहोस्

काठमाडौंः   डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनुहन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन ।  विदेश जान मरिहत्ते ग...

थप पढ्नुहोस्