पोखरामा धाराको टुटी चोरी गर्ने सुरज प्रकाउ

पाेखरा | पुस ६, २०८०

पोखरामा धाराको टुटी चोरी गर्ने सुरज प्रकाउ

पोखरा:  पोखरामा धाराको टुटी चोरी गरेको आरोपमा प्रहरीले सुरज थापा मगरलाई प्रकाउ गरेको छ । धाराको टुटी चोरी भएको खवरपछि अनुसन्धानको क्रममा शंस्कापद अवस्थामा भेटिएका सुरज थापा मगरलाई चोरी भएको धाराको टुटी सहित हिजो प्रकाउ गरेको वडा प्रहरी कार्यालय बगरले जनाएको छ । 


पोखरा महानगरपालिका–२५ हेम्जास्थित नेवारेखोला तथा झाँक्री खानेपानी उपभोक्ता समितिको कार्यालयबाट स्थानीय उपभोक्ताहरुलाई वितरण गर्न लागिएको खानेपानीको धारा चोरी भएको खवरपछि शंस्कापद अवस्थामा भेटिएको सुरजले भिरेको झोलाबाट २८ थान धाराको टुटी, रेगुलेटर ३ थान र टिकाको थाली ३ थान फेला पारेको छ । 


नेवारेखोला तथा झाँक्री खानेपानी उपभोक्ता समितिको कार्यालयबाट स्थानीय उपभोक्ताहरुलाई वितरण गर्न लागिएको खानेपानीको धाराको ६० थान धाराको टुटी र रेगुलेटरको भल्भ १८ थान चोरी भएपछि समितिले प्रहरीलाई खवर गरेको थियो । 


धाराको टुटी चोरी गरेको आरोपमा प्रकाउ परेका सुरजलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा म्याद थप गरेको अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।  निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...

थप पढ्नुहोस्

पोखराः   पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...

थप पढ्नुहोस्

पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

थप पढ्नुहोस्