महिलाको हत्या गरी फरार व्यक्ति ६ वर्षपछि पक्राउ
काठमाडाैं | पुस ५, २०८०
काठमाडौं: काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७४ साल पुस ३० गते काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बोक्सिदह डाँडामा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
प्रहरीले २०७४ साल पुस ३० गते काठमाडौं महानगरपालिका वडा नं। १४ बल्खुस्थित भुमेश्वरी मन्दिर पछाडि बोक्सीदह डाँडामा अन्दाजी ५० वर्षीया महिलाको टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत फेला पारेको थियो ।
अनुसन्धान गर्दै जाँदा प्रहरीले मृतक नारायणी तिमल्सिना रहेको पत्ता लगाएको थियो । सोही अपराधमा संलग्न दुई व्यक्तिहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुस ४ गते पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका वडा नं. १४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ तल्लोपोखरा बस्ने वर्ष ४६ को शिवराम अधिकारी छन् । अधिकारी भनि ०७९ साल कात्तिक २९ गते चोरी मुद्दामा तीन वर्ष कैद सजाय पाई हाल कारागारमै रहेको प्रहरीले जनाएको छ ।
अनुसन्धान अधिकृतले बताए अनुसार मृतक अप्सरा भनिने नारायणी तिमल्सिनासँग जगत विकको चिनजान घटना घटेको दिनमा मात्रै भएको थियो ।
शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई भूपू आर्मिसँग विवाह गराइदिन्छु भनि १५/२० हजार रुपियाँ र गरगहना लगाई राम्रो भएर आउनु भनी फोन गरी बोलाएका थिए ।
माछापोखरी एरियामा तीन जनाको भेट भएपश्चात् दुई/तीन घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी, बल्खु झरी ललितपुरको कुसुन्तीमा पुगेर साँझको खाना त्यहीँ खाई बल्खु एरियामा नाम थाहा नभएको खोला किनारामा मन्दिर पछाडि बसेका थिए ।
शिवराम अधिकारी र मृतक दुई घण्टा सँगै सुतेका थिए । सोही क्रममा अधिकारी र वि.क.ले ढुङ्गा प्रहार गरी हत्या गरेर मृतकले लगाएका सुनका मुन्द्री र नगद छ÷सात सय रुपियाँ निकाली गाडी चढी गंगबु बसपार्कको कोपिला गेष्ट हाउसमा बसेका थिए भने अर्को दिन बिहान पूर्व जाने गाडी चढी फरार भएका थिए ।
आरोपी नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले २०८० साल पुस ४ गते जगत वि.क.लाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा अर्को आरोपी शिवराम अधिकारी ०७९ कात्तिक २९ गते चोरी मुद्दामा तीन वर्ष कैद सजाय भई नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
पोखरा: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वा...
काठमाडौं: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि उनको क्षेत्रबाट नेपाली कांग्रेसले नयाँ उम्मेदवार उठाउने भएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सात पटक चुनाव लडेको डडेल...
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...

