मन्त्री पद होइन बजेट चाहिएको छ: सांसद गुरुङ (भिडियोसहित)

पाेखरा | मंसिर २८, २०८०

मन्त्री पद होइन बजेट चाहिएको छ: सांसद गुरुङ (भिडियोसहित)

पोखरा:   गण्डकी प्रदेश मनाङ १ (ख)बाट निर्वाचित राजिव गुरुङ (मनाङ्गे)ले मनाङको विकाशको विकासका लागि बजेट दिन माग गरेका छन् । 

 

प्रदेश सांसद मनाङ्गेले गण्डकी प्रदेशमा मन्त्री पद नदिएपनि मनाङको विकासको लागि आवश्यक बजेट दिन माग गरेका हुन् । 

 

उनको प्रदेशको मन्त्री बन्ने मोह नरहेको स्पष्ट पारे । 

 

 

 

मनाङ १ (ख) बाट निर्विरोध निर्वाचित सांसद मनाङ्गेले मन्त्री बन्नकै लागि एकिकृत समाजवादी पार्टी प्रवेश गरेको हो भन्ने प्रश्नमा समाजवादीका अध्यक्ष नेपालको अनुहार हेरेर पार्टी प्रवेश गरेको तर्क गरे ।

 

‘म हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको अनुहार हेरेरै समाजवादी पार्टी प्रवेश गरेको हो’, सांसद मनाङ्गेले भने, ‘प्रदेशमा कसलाई मन्त्री बनाउने भनेर केन्द्रमा तीन जनाले टुङ्गाउँछ, मलाई मन्त्री पद होइन, मनाङको विकासको लागि बजेट दिए हुन्छ ।’

 

उनले आफु मन्त्री नभएकोमा अनावश्यक टेन्सन नलिनसमेत आग्रह गरे । 

 

‘कसलाई कहाँ मन्त्री बनाउने टुङ्गो केन्द्रले टुङ्गाउछ, मलाई किन गण्डकीमा मन्त्री बनाएनन् भनेर केन्द्रमा सोध्नुहोला’, उनले भने ‘हामीले समर्थन गरेर प्रदेशमा मुख्यमन्त्री बनाएका छौं, मलाई किन मन्त्री बनाएर भनेर अनावश्यक टेन्सन नलिनु होला, केन्द्रमा सोध्नुहोला ।’

 

उनले मन्त्री भएर झण्डा हल्लाउने काम मात्र भएको टिप्पणी दिएका थिए ।


 

मुस्ताङ:   वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ । यहाँको वडा एक खिङ्गा गाउँबाट यस वर्षको ‘यार्तुङ’ पर्व थालिएको  हो । सोमबार खिङ्गा गाउँका ...

थप पढ्नुहोस्

पोखरा:   पोेखराको संस्कृत माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएको जलाशय भित्र निर्माण गरिएको भगवान शंकरको जटाबाट निस्कने जलधाराको केदारेश्वर महादेव मणी मन्दीरका पीठाधिस चिद्घन चैतन्यजी महाराजले आज एक सम...

थप पढ्नुहोस्

पोखरा: इम्ब्रोइडरी एण्ट गार्मेन्ट्स एशमोसिएसन(एगा) पोखराले यही साउन ९ गतेदेखि १९ गतेसम्म इन्डोनेसियाको बाली र भियतनामको हानोई शहरमा पोखराको पर्यटन प्रवद्र्धन गरेको छ ।      संस्थाले आफ्नो वार्ष...

थप पढ्नुहोस्