राष्ट्रियसभा चुनावमा न्यायपूर्ण ढङ्गले टिकट वितरण हुनुपर्नेमा शेखर कोइराला समूहको जोड

काठमाडाैं | मंसिर २८, २०८०

राष्ट्रियसभा चुनावमा न्यायपूर्ण ढङ्गले टिकट वितरण हुनुपर्नेमा शेखर कोइराला समूहको जोड

नेपाली कांग्रेसको शेखर कोइराला समूहले राष्ट्रियसभा चुनावको मापदण्डलाई विशेष ख्याल गर्दै न्यायपूर्ण ढङ्गले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको छ ।

 

हिजो बसेको कोइराला समूहको भेलाले यसअघि पार्टी सभापतिले आफू निकट नेतालाई मात्रै टिकट दिएको भन्दै यसपटक मापदण्डलाई ख्याल गर्दै न्यायपूर्ण ढङ्गले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको हो ।

 

यसअघिको चुनावमा मापदण्डलाई बेवास्ता गरिएको र भेदभाव भएको भन्दै भेलाले अबको राष्ट्रिय सभा चुनावमा मापदण्ड र न्यायोचित टिकट वितरणका लागि दबाब दिने निर्णयसमेत  गरेको छ । भेलामा महामन्त्री गगन थापाले नेता कोइरालालाई संसदीय दलको नेताका लागि अघि बढ्न प्रस्ताव पनि गर्नुभएको छ ।

 

भेलामा भोलि बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक र पुस १६ गतेदेखि १९ गतेसम्मका लागि तय भएको महासमिति बैठकबारे पनि कुरा भएको थियो । कोइराला पक्षका नेताहरुले महासमिति बैठक तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिएका छन् ।

 

 

काठमाडौं:     ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। घिमिरे खोटाङको मझुवागढी नगरपालिका १ घर भइ हाल काठमाडौं टोखा नगरपालिका ...

थप पढ्नुहोस्

काठमाडौं:     प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित भएको छ। आइबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवाल...

थप पढ्नुहोस्

काठमाडौं:     आज बस्ने प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । बानेश्वरमा बसेको कांग्रेससहितका विपक्षी दलका नेताहरुको बैठकले लाम...

थप पढ्नुहोस्