अवैध काठसहित लामाचौरबाट बलेरो नियन्त्रणमा

पाेखरा | मंसिर २६, २०८०

अवैध काठसहित लामाचौरबाट बलेरो नियन्त्रणमा

कास्की:    जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध काठसहित बलेरो जीपलाई नियन्त्रणमा लिएको छ ।

 

पोखरा महानगरपलिका १९ लामाचौर अकला मन्दिरस्थित सवारी साधन चेकजाँचको क्रममा पुरुन्चौरतर्फबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ५८०९ नम्बरको बोलेरो जिपलाई नियन्त्रणमा लिइएको हो ।
 

 

चेकजाँचको क्रममा चिरुवा काठ ९फल्याक० २८० थान लोड गरी विना कागजपत्र पोखरा ल्याइएको पाइएपछि नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।

 

अवैध काठसहित जीपचालक माछापुच्छ्रे गाउँपालिका गाउँपालिका भुर्जुङखोला का ३१ वर्षीय अनिष विकलाईसमेत नियन्त्रणमा लिइएको छ ।

 

सो विषयमा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय बगर पठाइएको बताइएको छ ।
 

दाङ:     बबई नदीमा पौडी खेल्ने क्रममा दुई दाजुभाईको मृत्यु भएको छ । बबई गाउँपालिका–७ ओदाले घाटमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको हिजो मंगलबार मृत्यु भएको हो । दुई दाजुभाई ओदालेमा रह...

थप पढ्नुहोस्

काठमाडौं:    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।  मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।  नीत...

थप पढ्नुहोस्

काठमाडौं:    सरकारले आगामी आर्थिक वर्षमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १०औँ राष्ट्रिय खे...

थप पढ्नुहोस्