पोखरामा नगर प्रहरी निरीक्षकलाई हातपात गरेको आरोपमा घिमिरे प्रकाउ
पाेखरा | मंसिर २४, २०८०
पोखरा: पोखरा महानगरपालिकाका नगर प्रहरी निरीक्षकलाई हातपात गरेको आरोपमा प्रहरीले एकजनालाई प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका–४ महेन्द्रपुलस्थित सार्वजनिक स्थान सडक पेटीमा व्यापारिक प्रयोजनका लागि राखिएका सामाग्री हटाउने क्रममा नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापालाई अपशब्द प्रयोग गर्दै हातपात गरेको आरोपमा प्रहरीले ४५ वर्षीय गोविन्द प्रसाद घिमिरेलाई प्रकाउ गरेको हो ।
नगर प्रहरी निरीक्षक थापाले सार्वजनिक स्थान सडक पेटीमा व्यापारिक प्रयोजनका लागि राखिएको सामाग्री हटाउने क्रममा घिमिरेले अपशब्द प्रयोग गर्दै हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएपछि प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
प्रकाउ परेका घिमिरेलाई सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा तथा नैतिकता विरुद्धको कसुर (अभ्रद व्यवहार) मा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि उनको क्षेत्रबाट नेपाली कांग्रेसले नयाँ उम्मेदवार उठाउने भएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सात पटक चुनाव लडेको डडेल...
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...

