विमानस्थलबाट १४ किलो सुनसहित घले प्रकाउ

काठमाडाैं | मंसिर २२, २०८०

विमानस्थलबाट १४ किलो सुनसहित घले प्रकाउ

काठमाडौं:    गए राति दुबाईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आएका चन्द्र घले १४ किलो सुनसहित प्रकाउ परेका छन् । 


प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले सुनसहित घलेलाई पक्राउ गरेको हो ।


नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायतका अनुसार गोरखा वारपाकका चन्द्र घले सुनसहित जहाजबाट अवतरण हुने क्रममा पक्राउ परेका हुन ।


घले फ्लाई दुबाईको फ्लाइटबाट काठमाडौं उत्रेका थिए ।


डिआइजी कडायतका अनुसार सुनसहित पक्राउ परेका घलेलाई थप कारवाहीका लागि भन्सार विभाग बुझाइएको छ ।


शरिरमा लुकाएर ल्याएको अवस्थामा  घले पक्राउ परेको थियो ।


केही समय अघि ठूलो परिमाणमा भएको सुन तस्करीको चर्चा सेलाउन नपाउँदै फेरि अर्को सुन तस्करीको प्रकरण थपिएको छ ।।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्