पोखराको नयाँबजारमा व्यापार मेला सुरु
पाेखरा | मंसिर २१, २०८०
पोखरा: पोखराको नयाँबजारमा समृद्धि स्टिल्स ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको मेला पुस १ गतेसम्म चल्नेछ । मेलाको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।
पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र खासगरी पोखराको व्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्धेश्यले मेला आयोजना गरिएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए ।
उनले उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउन,अर्थतन्त्र चलायनमान बनाउन तथा नयाँ प्रविधिबारे जानकारी दिनु मेला र महोत्सवको उद्धेश्य भएको बताउँदै मेला नाफामुखी नभएर प्रवद्र्धनात्मक भएको जिकिर पनि गरे । समुद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता,पोखरासहित गण्डकी प्रदेशमा औद्योगिक क्षेत्र स्थापना, सडक सञ्जालको विस्तार तथा रोजगारीलाई प्राथमिकतामा राख्न मुख्यमन्त्रीसँग आग्रह पनि गरे ।
नागरिकहरुमा यतिबेला आर्थिक समृद्धि,समतामूलक समाज निर्माण, रोजगारी र सुशासनको भोक जागेको बताउँदै अध्यक्ष प्रजापतिले नागरिकहरुका असीमित चाहना एकै दिनमा पूरा गर्न कठीन भए पनि विकास निर्माणमा जुन द्रूत गति आवश्यक थियो,त्यसो नहुँदा जनतामा निराशा छाएको उल्लेख गरे ।
‘पछिल्लो समय देखिएको युवा पलायन र निराशालाई बेलैमा संवोधन गर्न नसकिए देश बृद्धहरुको बासस्थानमा बदलिने हो कि भन्ने चिन्ता थपिएको छ,’ उनले भने,‘ आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन,स्वदेशै रोजगारी सिर्जना गर्न तथा सुशासन कायम गराउनको निम्ति राजनीनिक नेतृत्व अलिकति बढी गम्भीर बन्नैपर्ने देखिएको छ ।’
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको धन्यवाद ज्ञापन तथा महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल,कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीलगायतले मन्तव्य राखेका थिए ।
प्रभातफेरीमा आमा समूहको बाक्लो उपस्थिति
मेलाको समुद्घाटन अगाडि संघको सचिवालय गैह्रापाटनबाट मेलास्थलसम्म प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरीमा पोखरा महानगरभित्रका १२५ वटाभन्दा बढी आमा समूहको सहभागिता रहेको संयोजक तथा संघकी कार्यसमिति सदस्य प्रभा सुवेदीले जानकारी दिइन् । उनका अनुसार प्रभातफेरीमा विभिन्न बस्तुगत संघ र व्यावसायिक एवं सामाजिक संघ÷संस्थाको पनि सहभागिता थियो । २५० वटाभन्दा बढी व्यावसायिक स्टल रहेको मेलामा शुक्रबारबाट सांस्कृतिक कार्यक्रम पनि आयोजना हुँदैछ ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

