बोराभित्र भेटिएको शवको पहिचान अझै भएन, चितवन प्रहरीले सार्वजनिक गर्यो स्केच
पाेखरा | मंसिर १७, २०८०

चितवन: गतमंसिर ६ गते चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको अझै पहिचान हुन सकेको छैन।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल सडक खण्डको कल्भर्टमुनि पुरूष र महिलाको शव फेला परेको थियो।
दुइटा बोराभित्र हातखुट्टा बाँधिएको अवस्थामा शव फेला परेको थियो। तर शवको पहिचान हुन नसक्दा प्रहरीलाई अनुसन्धान गर्न गाह्रो भइरहेको छ।
प्रहरीले केही दिन अगाडि मृतकको कपडा सार्वजनिक गरेपछि आज (आइतबार) पुरूष र महिलाको पहिचानका लागि स्केच बनाएर सार्वजनिक पनि गरेको छ। शवको सनाखत हुन नसकेपछि स्केच सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।
स्केच हेरेर उनीहरूको पहिचान हुन सकेमा सम्पर्कमा आउन परिवार तथा आफन्तलाई प्रहरीले आग्रह गरेको छ।
प्रहरीले परिवारका कोही सदस्य, आफन्त तथा साथीहरू हराइरहेको भए, घर कोठामा डेरा गरी बस्ने मानिस सम्पर्कमा नआए, उद्योग कलकारखाना, पसल लगायतमा काम गर्ने सम्पर्कबिहीन भए वा यससँग सम्बन्धित सूचना भए खबर गर्न पनि आग्रह गरेको छ।
काठमाडौं: प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् । ओली तुर्कमेनिस्तानमा हुने भूपरिवेष्ठित विकासश...
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । हाइड्रो ...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्...