पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर: १ सय २६ जनाले लिए सेवा
पाेखरा | मंसिर १७, २०८०

पोखरा: पोखरा महानगरपालिका वडा नं. १३ शहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका वडा नं. १३ को परिषरमा आयोजित शिविरबाट एक सय २६ जना महिला लाभान्वित भएका छन् ।
शिविरमा पाठेघरको मुखको क्यान्सर र यौनजन्य संक्रमणको परिक्षण गरी निशुल्क औषधी वितरण गरिएको वडा अध्यक्ष किरण बरालले जानकारी दिए ।
शिविर उदघाटन गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले पछिल्लो समय महिलाका लागि पाठेघरको मुखको क्यान्सर जटिल समस्याका रुपमा देखिएको बताए ।
उनले आम नागरिकले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । पोखरा १३ का वडाध्यक्ष किरण बरालको अध्यक्षतामा भएको कार्यक्रम वडा सदस्य सुचित्रा तामाङ्गले स्वागत र स्वास्थ्य केन्द्रकी अहेब लीला गुरुङले संचालन गरिन् ।
काठमाडौं: प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् । ओली तुर्कमेनिस्तानमा हुने भूपरिवेष्ठित विकासश...
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । हाइड्रो ...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्...