दोलखामा भरूवा बन्दुकको छर्रा लागेर युवकको मृत्यु

दोलखा | मंसिर १७, २०८०

दोलखामा भरूवा बन्दुकको छर्रा लागेर युवकको मृत्यु

दोलखा:    दोलखामा भरुवा बन्दुकको छर्रा लागेर एक युवकको मृत्यु भएको छ । तामाकोशी गाउँपालिका–२ झुलेस्थित डाँडावारी जम्बोटे जङ्गलमा सिकार खेल्न गएका सोही ठाउँ बस्ने २० वर्षीय सन्जीव सार्कीको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो ।


सन्जीव समेतका सात जना शनिबार राति उक्त जङ्गल गएको, सन्जिबले बोकेको भरुवा बन्दुकको काठको बट भाँचिई फायर हुँदा छर्राले लागेर सन्जीव घाइते भएका थिए ।


तामाकोशी अस्पताल दोलखामा सामान्य उपचार पश्चात थप उपचारका लागि पशुपति चौलागाँई स्मृति अस्पताल चरिकोटमा आइतबार बिहान सन्जीवको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले सिकार खेल्न गएका अन्य ६ जनालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्