पोखरामा सम्पन्न टेनिसको उपाधि पुरुषतर्फ एलेक्से र महिलातर्फ आसाकुरालाई
पाेखरा | मंसिर १६, २०८०
पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा पोखरामा आयोजित आइटीएफ जे-३० टेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फ एलेक्सि सिभायव प्रथम भएका छन् । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भारतका प्रनिल शर्मालाई ६-१ र ७-५ को सेटमा पराजित गर्दै उनले एकलतर्फको उपाधि जितेका हुन् । त्यस्तै महिला एकलतर्फ जापानकी उता आसाकुराले प्रथम स्थान हाँसिल गरिन् । फाइनल खेलमा उनले भारतकी यासिका सोकिनलाई १–६, ६-४ र सुपरटाइमा ६-० ले पराजित गर्दै उपाधि आफ्नों नाम गराएकी हुन् ।
पुरुष डबल्सतर्फ जापानका को फुजिकावा र रोया सासामोतोको जोडीले भारतका प्रविर मुकेस छाप्दा र अमृत मोण्डको जोडीलाई १-६, ६-४ र सुपरटाईमा १०-५ ले पराजित गर्दै प्रथम स्थान हाँसिल गरे । महिला डबल्सतर्फ भारतका दिसा बेहरा र अर्जान खोराकिवालाको जोडीले भारतकै एन्जल पटेल र यासिका सोकिनको जोडीलाई ६-२, ६-१ को सटेमा पराजित गर्दै प्रथम हुन सफल भए ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई गण्डकी प्रदेस सभा सदस्य प्रकास बराल, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल पर्यटन बोर्ड, गण्डकीका निमित्त कार्यालय प्रमुख नविन पोखरेल, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ लगायतले मेडल प्रदान गरे । सो अवसरमा बोल्दै सांसद बरालले कास्की जिल्ला टेनिस संघले वर्षेनी आयोजना गर्दै आएको यो प्रतियोगिता गण्डकी प्रदेशवासीले गौरब गर्नुपर्ने प्रतियोगिता भएको औल्याए । उनले यसको निरन्तरतामा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

