पोखराको खानेपानी मुहानमा माछापुच्छ्रेको दाबी, आयको हिस्सा खोज्दै गाउँपालिका

काठमाडाैं | असार १०, २०७९

पोखराको खानेपानी मुहानमा माछापुच्छ्रेको दाबी, आयको हिस्सा खोज्दै गाउँपालिका

कास्कीः माछापुच्छ्रे गाउँपालिकाको जलस्रोत र प्राकृतिक सम्पदा मानिने मर्दीखोलामा स्थानीय निकायले आफ्नो हकदाबी गर्ने भएको छ । 

 

गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ्ले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा यसको छनक दिएका छन् । स्थानीयवासीले आफ्नो प्राकृतिक स्रोत, सम्पदाको उपभोग गर्न पाउने अधिकारलाई आधार बनाएर अध्यक्ष गुरुङ्ले मर्दीखोलाको मुहाननै गाउँपालिकामा रहेको भन्दै आयको हिस्सामा दाबी गर्ने जनाएका छन् । 

 

मर्दीखोला पोखरा महानगरको खानेपानीको मुख्य स्रोत हो । मर्दीको पानी खानेपानी संस्थानले पोखरामा वितरण गरेर आयआर्जन गर्ने भएकाले त्यसको हिस्सा गाउँपालिकाले पनि पाउनुपर्ने पालिकाको ठहर छ । 

 

आर्थिक वर्ष ०७९÷८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गुरुङ्ले १ सय ८ नम्बर बुँदामा मर्दीखोला र पोखराको खानेपानीलाई समेटेका छन् । उक्त बुँदामा ‘पोखरा महानगरपालिकाको मुख्य खानेपानीको स्रोतको रुपमा रहेको मर्दिखोलालाई आवश्यक वातावरणिय संरक्षण गर्न पोखरा महानगरपालिका¸ नेपाल खानेपानी सस्थान साथै सरोकार निकायसँग आवश्यक समन्वय गरीनेछ ।वातावरणीय सेवाको भुक्तानी सिद्धान्त अनुरुप रकम प्राप्त गर्न आवश्यक पहल गरिने छ’ उल्लेख छ । 

 

यसको सिधा अर्थ पोखरामा वितरण हुने मर्दीको पानीमा स्थानीयले आयको अंश चाहियो भन्ने हो । यसका लागि गाउँपालिकाले खानेपानी संस्थान र सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्ने जनाएको छ । यसलाई गाउँपालिकाले ‘वातावरणीय सेवको भुक्तानी’ भनि उल्लेख गरेको छ । 

 

खानेपानी संस्थान पोखराले करिब पाँच अरबको लगानीमा पोखराको खानेपानी मुहानमा पानी शुद्धिकरणको काम सुरु गरेको छ । 

 

त्यस्तै, गाउँपालिकाअन्तरगत रहेका विभिन्न खोला र घाटबाट अनुमतिबेगर सञ्चालनमा आएको गिटी बालुवा उत्खनन्मा पनि रोक लगाइएको गाउँपालिका वडा ८ का अध्यक्ष राम गुरुङ्ले भने । यसअघि सम्झौता भई काम भइरहेका कुनै घाट, खोला भएपनि हाललाई रोक लगाइएको गुरुङ्ले जानकारी दिए ।

 

‘पहिले के–कस्ता सम्झौता भए त्यसको अध्ययन गरिनेछ तर हाललाई क्रसर चलाउन रोक लगाइएको छ’ उनले भने ‘गाउँपालिकाले यस विषयसँग सम्बन्धित कसैलाई पनि अनुमति दिएको छैन ।’

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्