पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषधसहित विदेशी नागरिक प्रकाउ
पाेखरा | मंसिर ९, २०८०
पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट विदेशी नागरिक लागूऔषधसहित प्रकाउ परेका छन् ।
विमानस्थलको प्रस्थान कक्षमा अवैध लागूऔषध बोकेर विदेशी नागरिक हिडेको भन्ने सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा नर्वेका ५३ वर्षीय रुने फ्लठालाई प्रकाउ गरेको हो ।
प्रहरीले प्रकाउ गरेको विदेशी नागरिक रुनेको साथबाट पोल्यान जस्तो देखिने १० ग्राम र लागूऔषध गाँजाको धुलो जस्तो ३५ ग्राम लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाउ परेका रुनेलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।
नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ...
पोखरा: आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको ...
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...

