फरार देवकुमार ६ महिनापछि फेसबुकमा झुल्किदै भने– ‘दबाबपछि बाहिर बस्न बाध्य भए’
बाग्लुङ | मंसिर ५, २०८०

पोखरा: बागलुङको ढोरपाटन नगरपालिका नगरप्रमुख एवम् इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको ६ महिनापछि फेसबुक मार्फत सम्पर्कमा आएका छन् ।
सहकारीका संस्थापक अध्यक्ष नेपालीले सार्वजनिक गरेको वक्तव्यमा आफुसँगै परिवारको सुरक्षा नभएका कारण बाहिर बस्न बाध्य भएको उल्लेख गरेका छन् ।
‘सहकारी समस्यामा परेपछि बचत रकम फिर्ता गर्ने समय ६ महिना राखिएको थियो’, अध्यक्ष नेपालीले भनेका छन्, ‘केही बचतकर्ता हतियारसहित घरमा आएर म लगायत मेरो परिवारको ज्यान लिने धम्कीसहित ६ लाखको बचत भएका बचतकर्ताले ५ करोडको जग्गा पास गर्न दबाबदिएपछि केही समय बाहिर बस्न बाध्य भएको हुँ ।’
उनले ढोरपाटन नगरपालिकाको मेयरमा निर्वाचित भएपछि सहकारीमा समय दिन नसक्दा बचतकताएले एकैचोटि बचतरकम फिर्ता माग्दा समस्या भएको दाबी गरेका छन् ।
सहकारीका अध्यक्ष नेपालीले संस्थाका केही कर्मचारीहरुले मनोमानी रुपमा कर्जा लगानी गरेर आफुमाथि दोष लगाएको आरोपसमेत लगाएका छन् ।
उनले सहकारी समस्यामा परेको केही दिनमा ६ महिनाभित्र आफ्नो सम्पत्ती बिक्री गरेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएको अवगत गराएपनि ६ महिनापछि मात्र सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्कमा आएका हुन् ।
संस्थापक अध्यक्ष नेपालीले श्रीमतिसहित आफ्नो नाममा रहेको बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौंमा रहेको ४५ कित्ता मध्य बुर्तिबाङमा ७ वटा घर, बागलुङमा २ वटा घर, पोखरामा ३ वटा घर र काठमाडौंमा ६ वटा गरेर १८ वटा घर र ४४ वटा कित्ताहरुमा जग्गा भएको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
उनले सबै सम्पत्ती सहकारीबाट जोडेको भनेर नसोच्न समेत आग्रह गरेका छन् ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायि...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ । ...
पर्वत: प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...