दोस्रोपटक दान्सिंघालाई तल्लोकोलडाँडा कप वडास्तरीय भलिबलको उपाधि

पाल्पा | मंसिर ५, २०८०

दोस्रोपटक दान्सिंघालाई तल्लोकोलडाँडा कप वडास्तरीय भलिबलको उपाधि

पाल्पा:  पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबद्वारा आयोजित वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि जनज्योती युवा क्लब दान्सिंघाले जितेको छ ।

 

योसँगै दान्सिंघा दोस्रो पटकपनि च्याम्पियन बन्यो । दान्सिंघाले गत वर्षको प्रतियोगिता पनि जितेको थियो ।

 

‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि माउण्ट एभरेष्ट युवा क्लब’ भन्ने नारासहित सहिद केवल गाहा स्मृति खेलमैदानमा आइतबार भएको फाइनल खेलमा गुँगालाई २–१ को सोझोले पराजित गर्दै जनज्योती युवा क्लबले उपाधि जितेकाे हो ।

 

उपाधि जितेकाे​ जनज्योतीले शिल्ड, प्रमाणपत्रसहित नगद रु १५ हजार प्राप्त गर्याे । यस्तै द्वित्तीय बनेको गुँगा परिवारले शिल्ड, प्रमाणपत्रसहित नगद रु १० हजार हात पार्याे । 

 

यस्तै तृतीय बनेको आयोजकले ५ हजार र झाक्रिस्थानले सान्त्वना पुरस्कार प्राप्त गर्याे । 

 

कुल २२ टिमको सहभागिता रहेको प्रतियोगितामा निवर्तमान वडाध्यक्ष इश्वर रानामगर तथा पुरस्कारदाताहरु र स्थानीय अगुवाहरुले पुरस्कार वितरण गरेका थिए । 

 

समापन समारोहमा आर्थिक सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मानसमेत गरिएको खेल संयोजक ओम गाहामगरले जानकारी दिए । 

 

उनले गाउँपालिका भित्रका खेलाडीबीचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार स्थानीय स्तरमा सक्रिय रहेको माउण्ट एभरेष्ट क्लब खेलकुदसँगै सामाजिक र साँस्कृतिक क्षेत्रमा पनि क्रियाशिल छ । 

 

क्लबका अध्यक्ष दान बहादुर रानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन विष्णु राना मगर ‘सजल’ ले गरेका थिए ।

बाँके:   जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ ।  आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त ह...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनविन्दु आफू भएको बताउनु भएको छ । उहाँले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्त...

थप पढ्नुहोस्

पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ।  नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा...

थप पढ्नुहोस्