संस्कृति जोगाउन 'भीमकाली साँझ'

पाेखरा | कात्तिक २९, २०८०

संस्कृति जोगाउन 'भीमकाली साँझ'

पोखरा:  पोखरा महानगरपालिका १ बगरमा सक्रिय रहेको भीमकाली क्लबले संस्कृति जोगाउने उद्देश्यसहित देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

 

भाइटीकाको पूर्वसन्ध्यामा ट्याक्सीचोकमा विभिन्न समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गर्दै तेस्रो भीमकाली साँझ सम्पन्न गरेको हो ।

 

उक्त कार्यक्रमको उद्घाटन पोखरा महागरपालिका १ का वडाध्यक्ष शाहारा प्रधानले गरे ।

 

सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानले भीमकाली क्लब सक्रिय रहेको बताउदै अन्य क्लबले पनि अनुशरण गर्नुपर्ने धारणा राखे ।

 

उनले भीमकाली क्लबको कार्यले समाज रुपान्तरण गर्न भूमिका खेल्ने बताउदै आगामी दिनमा पनि रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । 

 

यस्तै कार्यक्रम संयोजक अनिश गुरुङले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि संस्कृति संरक्षणको उद्देश्यसहित सांस्कृति साँझको आयोजना गरिएको बताए । 

 

उनका अनुसार गुरुङ, मगर, थकाली, तामाङ, राई लगायतका समुदायमा प्रचलित नृत्यहरु सो कार्यक्रममा प्रस्तुत गरिएको थियो । 

‘हामीले हरेक वर्ष भीमकाली साँझ  आयोजना गर्छाैं, उनले भने, ‘यसको उद्देश्य भनेको विभिन्न जाति तथा समुदायको नृत्यहरुलाई उजागर गर्ने हो । यस कार्यक्रमले धेरै थोरै भएपनि संस्कृति संरक्षण गर्न सघाउ पुग्ने विश्वास छ ।’

 

उनका अनुसार भीमकाली क्लब सांस्कृतिक क्षेत्रमा मात्रै नभएर खेलकुद र सामाजिक क्षेत्रमा समेत सक्रिय रहदैं आएको छ ।

 


 

काठमाडौं:  बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ ।  कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्

पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

थप पढ्नुहोस्