नवलपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु
काठमाडाैं | कात्तिक २६, २०८०
नवलपुर: नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ८ मुण्डेमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
बिहान बुलिङटारबाट कावासोती आउँदै गरेको जीप गोरे घुम्तीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । मृतकमध्ये तीन महिला तीन पुरुष छन् ।
जीपमा ७ जना सवार रहेकोमा एक जना गम्भीर घाइते भएको पौडेलले बताए । मृतकको पहिचान खुलेको छैन । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डण्डा पठाइएको छ ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी क्लब र थन्डरबोल्ट भारत भिड्दैछन् । विभागीय एपिएफ क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको मनाङ मस्र्याङ्दीले पाहुना क्लब थन्...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा यूकेबाट सञ्चालित गोर्खा मिडियाका प्रवन्ध निर्देशक फोटो पत्रकार मिलन तमुले आर्थिक सहयोग गरेका छ...
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

