अभिनेता प्रकाश घिमिरे अस्पतालबाट डिस्चार्ज

पाेखरा | कात्तिक २३, २०८०

अभिनेता प्रकाश घिमिरे अस्पतालबाट डिस्चार्ज तस्बिर फाइल

पोखरा:    पोखरामा घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका अभिनेता प्रकाश घिमिरे डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि उनलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको मणिपाल शिक्षण अस्पतालले जनाएको छ । 


अस्पतालका अनुसार एक साताको अन्तरमा फलोअपमा आउने गरेर डिस्चार्ज गरिएको हो । घिमिरेको स्वास्थ्यमा सुधार आएको र टाउकोमा लागेको चोटमा पनि सुधार आएको अस्पतालले जनाएको छ । 


करङ भाँचिएर फोक्सोमा लागेको चोट र मेरुदण्डमा लागेको चोट पनि निको हुँदै गएको णिपाल शिक्षण अस्पतालका निर्देशक अभिषेक मास्केले बताए । आफ्नो स्वास्थ्यमा चाँडो सुधार आएपछि घिमिरेले शुभचिन्तक सबैलाई धन्यवादसमेत दिएका छन् ।

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्