आइएसएमटी कलेजले भूकम्प प्रभावितलाई ५ लाख सहयोग गर्ने

पाेखरा | कात्तिक २१, २०८०

आइएसएमटी कलेजले भूकम्प प्रभावितलाई ५ लाख सहयोग गर्ने

पोखरा:   बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजले भूकम्प पीडित लागि ५ लाख आर्थिक सहयोग गर्ने भएको छ । 

 

भूकम्प पीडितहरुकालागि सहयोगको भावना जागृत गराउने उद्देश्यसहित सामाजिक उत्तरदायित्व अन्तरगत ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

 

गएको कात्तिक १७ गते शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा धनजनको क्षति भएको थियो । 

 

अहिले सो क्षेत्रका लागि देशभरबाट राहातहरु जुटिरहेको छ भने उद्धारमापनि सुरक्षाकर्मीहरुसँगै निजी क्षेत्रका व्यक्तिहरु खटिरहेका छन् । 
 

 

यसैबीच सामाजिक उत्तरदायित्व बहन गर्दै आइएसएमटी कलेजले भूकम्प प्रभावितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको कलेजका अध्यक्ष योगश उप्रेतीले बताए । 

 

‘गएको शुक्रबार मध्यरात गएको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएको छ’, अध्यक्ष उप्रेतीले भने, ‘विपद्को समयमा पीडितसमक्ष सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेका छौं ।’

 

कलेजले भूकम्पमा परी मृत्यु भएकाहरुप्रति हाद्धिक श्रन्दाजली व्यक्त गर्दै घाइते भएकाहरुको स्वास्थ्य लाभको कामनासमेत गरेको छ । 

 

बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजले हाल काठमाडौं, चितवन, पोखरा, बुटवल र विराटनगरमा कलेज सञ्चालन गरिरहेको छ ।

 

आइएसएमटी कलेज पोखराले यस वर्षदेखि बिएचएम कार्यक्रमपनि थप गरेको छ ।


 

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्