इन्द्रेणी सहकारीको १६ औं साधारण सभा सम्पन्न
काठमाडाैं | कात्तिक १९, २०८०
पोखरा १७ छोरेपाटन क्षेत्रको पहिलो सहकारी इन्द्रेणी वचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभाका प्रमुख अतिथि कास्की वचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष भेषराज उपाध्यायले कार्यक्रमको उद्घाटन गर्दै सहकारीहरु निति नियम अनुसार चल्न नसक्दा समस्यामा पर्ने गरेको वताउँदै सहकारले तोकेका निति नियमलाई अक्षरस पालन गर्नु पर्ने वताए ।
सोअवसरमा गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण वास्तोला, छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारी, समाजसेवी झपिन्द्रराज रेग्मी, गुप्तेश्वर महादेव बहुमुखी क्याक्पसका अध्यक्ष श्रीराम सुवेदी, सल्लाहकारहरु देवराज आचार्य र सुभाष ढुंगाना र शेयर सदस्य सीता वराल लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।
सोही अवसरमा सल्लाहकारहरु भेषराज उपाध्याय र रघुनाथ अधिकारी, लेखा समिति संयोजक प्रा.डा. टंकराज अधिकारी, संचालक समिति सदस्य नानीबाबु ढकाल, समाज कल्याण उपसमिति सदस्य देवीबहादुर थापालाई सम्मान गरियो ।उत्कृट कारोबारकर्ताहरु भीमबहादुर÷अमृता थापा, नेटबहादुर÷देवी गुरुङ, दुर्गादत्त÷भगवती पोखरेल, छायाँदत्त भट्टराई, हरिप्रसाद लम्साल, रोशनप्रसाद श्रेष्ठ, मोहन खड्का, चित्रबहादुर पौडेल क्षेत्री, रविला शर्मा र लक्ष्मी गोदारलाई सम्मान गरिएको थियो भने कर्मचारी केशव ढकाल, उत्कृष्ट अंक सहित स्नातकोत्तर, स्नातक र कक्षा १२ उतिर्ण शेयर सदस्यका छोराछोरीहरु कुशल पौडेल, प्रदिप पौडेल, अस्मिता पहारी, अन्जना पहारी, संजीव कुमार खत्री, स्मिता अधिकारी, आँचल सुनुवार, डा. विपिन कुमार क्षेत्री, प्रतिमा श्रेष्ठ, सुजन लम्साल र सुदर्शन वराललाई सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष सागर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विन्दु कार्कीले, सहकारीका सात सिद्धान्त वाचन शिक्षा उपसमिति संयोजक दिपकराज वरालले र संचालन सचिव डिल्लिराम शर्माले गरेका थिए ।
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

