पोखराका प्याराग्लाइडिङ पाइलटको मापसे जाँच
पाेखरा | कात्तिक १६, २०८०
पोखरा: सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले कास्की प्रहरीले पोखराका प्याराग्लाइडिङ पाइलटहरुको मापसे जाँच गरेको छ ।
प्याराग्लाइडिङ संचालनको क्रममा हुन सक्ने सम्भावित दुर्घटना न्यूनिकरणको लागी वडा प्रहरी कार्यालय बैदामको आयोजनामा आज ४० जना पाइलटहरुको मापस जाँच गरिएको गरिएको हो ।
प्रहरीले सडकमा सवारी चालकमात्रै होइन, तालहरुमा डुंगा चालकलाई पनि मापसे जाँच गरेको थियो ।
आज विहीबार पोखरा महानगरपालिका वडा नं. २३ पामे स्थित प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने स्थानमा प्याराग्लाइडिङ पाइलटहरूले मादक पदार्थ सेवन गरेरनगरेको सम्बन्धमा चेक जाँच गरिएकोमा कसैले मापसे। गरेको नभेटिएको प्रहरीले जानकारी दिएको छ ।
सो अवसरमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोली र पाइलटहरुबीच सुरक्षात्मक अन्तरक्रिया कार्यक्रम समेत भएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

