नागरिक एपमा भएको ‘लाइसेन्स’ ट्राफिक प्रहरीलाई मान्य

काठमाडाैं | कात्तिक १३, २०८०

नागरिक एपमा भएको ‘लाइसेन्स’ ट्राफिक प्रहरीलाई मान्य

काठमाडौं:    नागरिक एपबाटै देखाएको सवारी चालक अनुमति पत्रलाई समेत ट्राफिक प्रहरीले मान्यता दिने भएको छ।


​सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नागरिक एपले यो सेवा देशैभर लागू भएको जानकारी दिएको हो।


मन्त्रिपरिषद्को निर्णय अनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ।  


नागरिक एपले ट्राफिक नियम उल्लङ्घन नगरी सवारी चलाउँदाको हकमा मात्र नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्र मान्यता हुने बताएको छ।


‘ट्राफिक नियम उल्लङ्घन नगरी सवारी चलाउँदाको हकमा मात्र नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्र मान्य हुन्छ। चेकजाँचका क्रममा कारबाही परे एपबाट देखाइएको लाइसेन्सले काम गर्दैन।’  नागरिक एपका कम्प्युटर इन्जिनियर प्रवीण चौहानले भने।


नागरिक एपले नागरिक एपमा सवारी चालक अनुमति पत्र लिंक गर्न चालकहरुलाई अनुरोध समेत गरेको छ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्