नगरबस दुर्घटना फलोअप: तीन गम्भिर, चार जना सामान्य घाइते (नामावली सहित)
पाेखरा | कात्तिक १२, २०८०
पोखरा: पोखरामा नगरबस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । पोखराबाट पुम्दीभुम्दीस्थित शान्तिस्टुपा जाँदै गरेको नगरबस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।
पोखराबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस घैयाखेतमा आज दुर्घटना भएको हो । बसमा ३५ जना सवार रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
बस दुर्घटना हुँदा घाइते भएका सात जना मध्य उत्तम बहादुर गुरुङ, रिमा कार्की र बुद्धिराज सुवेदीको अवस्था गम्भिर रहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । बसमा ३५ जना सवार रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसमा सवार यात्रुको नामावलीसहित
अनिता थापा, बिनिता न्यौपाने, सीता शर्मा, उत्तम बहादुर गुरुङ, सुस्मिता तिवारी, बिशाल न्यौपाने, अजय त्रिपाठी, सुसान पौडेल, सीता शेर्पा, रेखा बस्नेत, समर बस्नेत, बिनिता पराजुली, मञ्जली सुनार, चन्द्रमा पौडेल, प्रभा पराजुली, तारा पराजुली, सुरक्षा रिमाल, चन्द्र प्रसाद पराजुली, गीता गुरुङ, राधिका थापा, सुरेश निरौला, इसु निरौला, रीमा कार्की, बुद्धिराज सुवेदी, रेवती कार्की, ग्रीस थापा, कल्पना सिग्देल, बिबेक शर्मा, रोशनी बस्नेत, सीता गुरुङ, सृष्टी गुरुङ, सुवाश गुरुङ रहेका छन् ।
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

