दोलखाको ११ किलो सुन प्रकरणमा: अवैध सुन किन्ने व्यापारी पक्राउ
काठमाडाैं | कात्तिक २, २०८०
दोलखाबाट बरामद गरेको ११ किलो सुन प्रकरणमा प्रहरीले अवैध सुन किन्ने एक जना व्यापारीलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले गत शुक्रबार थप एक जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा रसुवा घर भएका ३८ वर्षीय चेतनाथ न्यौपाने हुन्। उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दोलखा पठाइसकेको छ।
सुन प्रकरणमा अनुसन्धान अगाडि बढाउँदा न्यौपानेले अवैध रूपमा सुन किन्ने गरेको खुलेको थियो। सोही आधारमा उनलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए। यस प्रकरणमा यसअघि ११ जना पक्राउ परिसकेका छन्। असोज १६ गते चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङसहित ३ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको थियो।
असोज १७ गते चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका-१५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासी दावा भन्ने आगर लामा पक्राउ परेका थिए।
गत असोज १० दोलखाको बिगु गाउँपालिका-१ का १९ वर्षीया पेम्बा तामाङ, २० वर्षीय माधव मगर, २८ को केशर तामाङ, ५५ वर्षीय नुर्व छिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ, ३२ वर्षीय चस्मान ९छिरिङ० तामाङ र एक नाबालकलाई पक्राउ गरेको थियो।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

