हङकङले नेपाललाई दियो ९५ रनको लक्ष्य

काठमाडाैं | कात्तिक २, २०८०

हङकङले नेपाललाई दियो ९५ रनको लक्ष्य

नेपाल, हङकङ र युएईबीचको टी(२० सिरिजमा हङकङले नेपाललाई ९५ रनको सामान्य लक्ष्य दिएको छ।

 

बिहीबार मुलपानी मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ३ बल खेल्न बाँकी छदा ९४ रनमै अलआउट भयो। हङकङका लागि यासिम मुर्ताजाले सबैभन्दा बढी ३६ रन जोडे। उनले ३६ बलमा २ चौका र १ छक्का हिर्काए। जीशन अलीले १७ रन जोड्दा हङकङका अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

 

हङकङका सुरूवाती पाँचसहित कुल ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका करण केसीले पहिलो बलमै हङकङका कप्तान निजाकत खान बोल्ड भएका थिए। करणले हङकङका सुरूवाती तीन ब्याट्सम्यानलाई आउट गरेका थिए। हङकङले  पावरप्लेमा २० रन जोड्दा ४ विकेट गुमाएको थियो। 

 

बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। उनले ४ ओभरमा १५ रन खर्चिए। यस्तै सोमपाल कामी र अभिनास बोहराले २-२ विकेट लिए। यसअघि नेपालले बुधबार युएईलाई ७ विकेटले पराजित गरेको थियो। अब नेपालले शनिबार हङकङ र  सोमबार युएईसँग खेल्नेछ। 

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्

मनाङ:  मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।  यस वर्...

थप पढ्नुहोस्

काठमाडौं:  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...

थप पढ्नुहोस्