फेवातालका डुंगाचालकको मापसे जाँच
काठमाडाैं | कात्तिक २, २०८०
पोखराको फेवातालका डुंगाचालकको बुधवार मापसे जाँच गरिएको छ । आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको र चाडपर्वको मौसम सुरु भएका बेला प्रहरीले आकस्मिक रूपमा मापसे जाँच गरेको हो ।
पोखरा ६ लेक साइडको फेवातालमा समय समयमा डुंगा दुर्घटना हुँदा मानवीय क्षतिसमेत हुने गरेको छ । चाडपर्वको बेला भीडभाड बढेको र सम्भावित दुर्घटना रोक्ने डुंगा चालकको मापसे जाँच गरिएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो । ५० वटा डुङ्गाका चालकको जाँच गरिएकोमा कसैले मापसे गरेको नभेटिएको र लाइफ ज्याकेट नलगाउने तीन चालकलाई सचेत बनाइएको प्रवक्ता विकले जानकारी दिनुभयो ।
वडा प्रहरी कार्यालय बैदामले अस्थायी ट्राफिक प्रहरी पोस्ट बैदामको सहकार्यमा मापसे जाँच गरेको हो । कास्की प्रहरीले चाडपर्वलाई लक्षित गरी सुरक्षा निगरानी बढाएको छ भने सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरेको छ ।
कास्की प्रहरीले पछिल्लो क्रममा ठुलो आवाज निकाल्ने स्वरूप परिवर्तन गरिएका मोटरसाइकललाई कारबाही गरिरहेको छ । पछिल्लो साता मात्र त्यस्ता एक सय आठ मोटरसाइकल कारबाहीमा परेका छन् ।
पोखरा: गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल ...
पोखरा: पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही माघ २२ गतेदेखि नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । बुद्धटोल युवा...
पोखरा: पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा लेखनाथले विजयी हासिल गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा पोखरा र...

