इजरायलबाट थप १९ जना नेपाली फर्किँदै

काठमाडाैं | असोज ३०, २०८०

इजरायलबाट थप १९ जना नेपाली फर्किँदै फाइल तस्बिर

इजरायलमा विद्रोही समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ।

 

सरकारले भारतीय जहाजमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो। परराष्ट्र मन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको उद्धार जहाजमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिए।

 

‘१९ जना नेपाली नागरिक तेल अभिभबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,’ उनले भने। परराष्ट्र मन्त्रालयले स्थानीय समयअनुसार तेल अभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ।

 

मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए।

 

नयाँ दिल्लीस्थित नेपाली दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याउने छ। कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

 

उनीहरू मंगलबार बेलुकी ६-७ बजेसम्म नयाँ दिल्ली पुग्ने बताइएको छ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्