दुईदिनको छुट्टीमा डिपोले तेल नपाउँदा पोखराका केही पेट्रोल पम्प बन्द
प्रादेशिक कार्यालय भन्छ, अबको आधा-एक घण्टामा पेट्रोल बजार पुग्छ
पाेखरा | असोज २९, २०८०
Photo: Sabin Regmi
पोखरा: नेपाल निगमले आजदेखि लागु हुने गरी पेट्रोल तथा डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र ५ रुपैयाँ घटाएको थियो ।
पेट्रोल र डिजेलको मूल्य घटेको दिन नै पोखराको केही पेट्रोल पम्पहरुले पेट्रोल नभएको सूचना टाँस गरेर आधा सटर लगाएका छन् । पेट्रोल तथा डिजेलको मूल्य घटेको समयमा पम्प बन्द गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।
नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराका सूचना अधिकारी श्रीधर लामिछानेले भने दुईदिनको छुट्टीले डिपोबाट पेट्रोल पठाउन नपाउँदा पम्पहरुमा भएको मौञ्जाद सकिँदा बन्द भएको हुन सक्ने प्रतिक्रिया दिए ।
‘दुईदिनको लगातार बिदाले डिपोबाट पेट्रोल तथा डिजेल बजार तथा पम्पमा पठाउन सकिएको थिएन, अस्ती शनिबार, हिजो घटस्थापनाको छुट्टी थियो’, सूचना अधिकारी लामिछानेले भने, ‘पेट्रोल तथा डिजेल डिपोबाट पास हुँदै छन्, अबको एक, दुई घण्टाको सहज हुन्छ ।’
उनले पोखराका लागि १ लाख ८० हजार पेट्रोल बजारमा पठाउन लागेको बताए । ‘अबको आधा–एक घण्टामा पम्पमा पेट्रोल पुग्छ, पोखराका लागि १ लाख ८० हजार लिटर पेट्रोल पठाउँदै छौं’, उनले भने, ‘तनहुँ, बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा ३ लाख लिटर पेट्रोल आजै पठाउँदै छौं, मूल्य घटेर होइन, पम्पमा मौञ्जाद सकिएकाले पम्प बन्द भएको हुन सक्छ ।’
म्याग्दी: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्। मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्। ...
काठमाडौं: शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दि...
पोखरा: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वा...

