मेयरसँग पर्यटन व्यवसायीः पर्यटन परिषद्ले थमायो सुधारको सुझाव

काठमाडाैं | असार ७, २०७९

मेयरसँग पर्यटन व्यवसायीः पर्यटन परिषद्ले थमायो सुधारको सुझाव

पोखराः केही वर्ष यता निरन्तर थलिँदै आएको पोखराको पर्यटनलाई महानगरमा नयाँ मेयर आएसँगै ‘केही’ हुने आशा पलाएको छ । 

 

यस्तै आशाकाबीच पोखरा पर्यटन परिषद्ले मेयर धनराज आचार्यसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा मेयर आचार्यलाई बधाई दिँदै परिषद्ले आवश्यक सुधार गर्नुपर्ने विषयको निक्यौल गरी विभिन्न सुझाव दिएको छ । 
मेयरसमक्ष  परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले आवश्यक पूर्वाधारसँगै लेकसाइड क्षेत्रमा देखिएका समस्याहरू औंल्याउँदै तत्काल सम्बोधन गर्न सुझाव  दिए । 

 

विश्वको ध्यान खिच्न सफल घुम्नै पर्ने सहरको परिचय बनाएको  सहर पनि हो यसलाई व्यवस्थित बनाउन डाइनामिक भिजनरी नेतृत्वको खोजी सधैं पोखराले गरिरहेको छ, अबको नेतृत्वले यसलाई साकार पार्नेमा विश्वस्त छौं”, अध्यक्ष भट्टराईले भने ।


पर्यटन उद्योग अन्य उद्योगभन्दा भिन्न प्रकृतिको भएको र सीधै पर्यटकहरूसँग हेलमेल भई व्यवसाय सञ्चालन गर्नुपर्ने  हँुदा यहाँ थुप्र्रै चुनौतीहरू रहेको जनाउँदै पर्यटन मैत्री नीति अवलम्बन गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । परिषदका तर्फबाट व्यक्त सुझावहरूमा महानगरपालिकाले पोखरालाई पर्यटनको राजधानी बनाउने कार्यान्वयनको पक्षमा जोड दिँदै महानगरपालिकामा पर्यटन महाशाखा स्थापना गरी पर्यटक सम्पदा सहयोग कक्षको व्यवस्था गर्नुपर्ने  ।

 

फेवातालको लगायत पोखरामा रहेको सम्पूर्णताल सफा सुन्दर, वातावरण मैत्री बनाउन ताल वरिपरि प्लास्टिक जन्य खाद्यपदार्थ बिक्री वितरणमा रोक लगाउनुपर्ने, फुट ट्रयाकमा राखिएका फोहोर मैला संकलन बक्सहरू नियमित रूपमा खाली गर्नुपर्ने, फेवातालमा मिसिने ढलहरूको उचित व्यवस्थापन गरिनुपर्ने सुझावमा समेटिएको छ । 

 

त्यसैगरी पोखरा महानगरपालिका–लेकसाइडस्थित हिमागृह र रत्न मन्दिरलाई ऐतिहासिक, पुरातात्विक पर्यटकीय सम्पदाका रूपमा विकास गर्न न्यूनतम पूर्वाधार निमार्ण गर्दै दृश्वालोकनका लागि पर्यटक तथा सर्वसाधरणका लागि यथाशीघ्र खुला गर्नुपर्ने, महानगरपालिका भित्र रहेका पर्यटकीय गन्तव्य स्थलहरूमा लिइने शुल्क एकै ठाउँबाट तिर्न मिल्ने व्यवस्था मिलाउनु पर्ने । 

 

पर्यटकीय क्षेत्रलगायत प्रमुख स्थानहरूमा सुरक्षाका दृष्टिकाणले पर्याप्त मात्रामा सीसी क्यामेरा, सडक बत्ती जडान र संरक्षणमा जोड दिन भनिएको छ ।  पोखराको सबै क्षेत्र समेट्ने गरी रिंगरोड ९चक्रपथ० को डीपीआर तयार गरी निर्माण कार्य अगाडि बढाउनुपर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयारी पछिको साँघुरा बाटोहरू समयमै बृहत् अध्ययन गरी संरचना निर्माणमा जोड दिँदै पुरानो बसपार्क यथासक्य छिटोछरितो सम्पन्न गरी व्यवस्थित गर्नुपर्छ ।  

 

राष्ट्र बैंक चोकमा रहेको पर्यटन बसपार्क सञ्चालनार्थ महानगरले समिति गठन गरी त्यसको संरक्षण र सम्बर्धन व्यवस्थापनको जिम्माका लागि पोखरा पर्यटन परिषदलाई पनि राख्नुपर्ने । 

 

महानगरपालिकाले पर्यटनसम्बन्धी कार्यक्रमका लागि शीर्षक तोकी बजेट विनियोजन गर्नुपर्ने परिषदको माग छ । अव्यवस्थित अनुमति बिना सञ्चालनमा रहेका व्यवसायहरूलाई अनुगमन गरी दर्ताको दायरामा ल्याई दर्ता गर्ने व्यवस्था मिलाउनु पर्ने विषयलाई पनि परिषदले सुझावमा समेटेको छ । 

 

यससँगै अव्यवस्थित टेलिफोन, केवल, टिभी, इन्टरनेट साथै विद्युतका तारहरूलाई अन्डर ग्राउड गरी व्यवस्थापन गर्नुपर्ने, पोखरामा यसअघि पहिचान गरिएका प्रमुख गन्तव्यहरूको संरक्षण, सम्बर्धन, प्रवर्धन गर्दै दिगो रुपमा विकासका कार्यक्रम ल्याउने साथै यहाको  प्रमुख पर्यटकीय आवास क्षेत्रमा विशेष पर्यटकीय क्षेत्र घोषणा गरी पर्यटन पुनरुत्थानका कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिएको छ ।

 

पोखरा र लेकसाइडस्थित पार्कहरू, खाली जग्गा उचित संरक्षण, सौन्दर्यकरण र सम्बर्धन गरी पर्यटन मैत्री वातावरण बनाउनका लागि धुवा फाल्ने सवारी साधनहरूको चेकजाँच गरी प्रदूषित भएमा महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रोक लगाउनुपर्ने साथै राजमार्ग र सडक छेउछाउमा रहेका अटो सर्भिस÷वर्कसपहरूलाई अन्य ठाउँमा स्थानान्तरण गरी व्यवस्थित गर्नुपर्ने ।  

 

पोखरा महानगरपालिका भित्र रहेका विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय गन्तव्य स्थलहरूलाई सम्बर्धन र संरक्षण गर्दै कल्चर भिलेज ९सांस्कृतिक गाउँ० जहाँ पर्यटकले अवलोकन गरी विभिन्न जातजातिको संस्कृति अध्ययन गर्ने स्थलको रुपमा विकास गर्ने विषयलाई समेटन आग्रह गरिएको छ । 

अन्तर्राष्ट्रिय विमानस्थल निार्माणसँगै तत्काल आवश्यक देखिएकाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका लागि कुनै स्थान तोकी बजेट विनियोजन गरेर कार्य प्रारम्भ गर्नका लागि पनि ध्यानाकर्षण गराउँदै र व्यवसायहरू दर्ता गर्नको लागि अति आवश्यक कम्पनी रजिष्ट्रार्डको कार्यालय गण्डकी प्रदेशमा ल्याउन  प्रदेश सरकारसँग आवश्यक पहल गर्नका लागि भनिएको छ ।                                   

 

यसैबीच अध्यक्ष भट्टराईले पोखरा क्षेत्रको पर्यटनलाई कोभिड–१९ को प्रभावबाट पुनरुत्थान गर्नका लागि पोखरा महानगरले पनि रणनीतिक योजनाहरू तय गरेको विषयलाई पनि कार्यान्वयनतर्फ ध्यान दिन आग्रह गरे । 

 

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आफूले महानगर प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै पोखरालाई पर्यटकीय राजधानी बनाउने विषय प्राथमिकतमा रहेको  जनाउँदै पोखराको पर्यटन विकासका लागि अहिलेसम्म भएका अध्ययन प्रतिवेदन र सुझावहरूको अध्ययन गरेर समग्र पोखराको विकासका निजी क्षेत्रसँग हातेमालो गरेर आफू अघि बढ्ने बताए । 

बागलुङ:   यही वैशाख १४ गते गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा तमानखोला गाउँपालिका–२ सिल्गुमका ४८ वर्षीय देवसिंह कामीको मृत्यु भयो । सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढामगर र ...

थप पढ्नुहोस्

पोखरा:      काठमाडौंमा वैशाख २५ देखि २९  गतेसम्म सञ्चालन भैरहेको नेपाल–चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित पोखरामा सम्पन्न भएको छ ।  पोखरा विश्वविद्यालय अन्तर्गत स्कूल...

थप पढ्नुहोस्

काठमाडौं:   काडमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको रु ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका–७ ...

थप पढ्नुहोस्