मणिपाल काण्ड: ६ बुँदे सहमतिपछि शव उठाउने तयारी

पाेखरा | असोज १२, २०८०

मणिपाल काण्ड: ६ बुँदे सहमतिपछि शव उठाउने तयारी

पोखरा:  मणिपाल अस्पताल प्रकरण तीनदिनपछि ६ बुँदे सहमतिसहित मिलेको छ ।


गत असोज ८ गते मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा लमजुङ सुन्दरबजारकी सुकमाया दुराको मृत्यु भएपछि चिकित्सक र मृतक परिवारबीच विवाद सिर्जना भएको थियो  । 


दुराको मृत्युलाई लिएर चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार आन्दोलित थिए । सोही क्रममा डाक्टरमाथि हातपात भएपछि विवादले उग्र रुप लिएको थियो । त्यसैकारण चिकित्सक समूह अनिश्चितकालिन आन्दोलनमा उत्रेका थिए ।


चिकित्सक पक्ष र मृतक पक्षलाई सँगै राखेर जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा  वार्ता भएपनि निष्कर्ष विहिन बनेको थियो । उनीहरुले आ–आफ्नो मागमा अडा राखेपछि टुंगो लाग्न सकेको थिएन । तर बिहीबारको वार्ताबाट टुंगो लागेको छ ।  सहमतिपछि मृतक दुराको शव उठाउने तयारी गरिएको पारिवारिक निकट स्रोतले बताएको छ । 


यस्तो छ, ६ बुँदे सहमति


६ बुँदे सहमतिमा मृतक सुकमाया दुराको सम्झनामा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लामा १० वर्षसम्म विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, अल्पसंख्यक दुरा जाति, दुरा सेवा समाज लमजुङ र दुरा सेवा समाज कास्की र स्थानीय वडा कार्यालयले गरिब तथा विपन्न परिवारका रुपमा सिफारिस गरेका विरामीलाई सहुलियन र निःशुल्क उपचार उपलब्ध गराउने उल्लेख गरिएको छ । 


यस्तै सहमति पत्रमा मृतक दुराको मृत्यु सम्बन्धी अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुला रहने र दुवै पक्षका सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने बताइएको छ । 


यस्तै विनय गुरुङ अन्तर्गत दर्ता भएका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत दुव्र्यवहार भएका घटनामा यथाशीघ्र कानुनी उपचारको सहजीकरण गर्ने उल्लेख गरिएको छ ।
 

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्