दुबईमा दशैं कप फुटबल प्रतियोगिता हुने
पाेखरा | असोज ११, २०८०
पोखरा: दुबईमा क्रियासिल युथ स्पोर्टिङ एफसीले बडादशैंको अवसरमा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आगामी अक्टोबरमा ‘पिआर तेस्रो दशैं कप’ आयोजना गर्न लागिएको श्री रोबिनले जानकारी दिए । उनका अनुसार तीन हप्तासम्म चल्ने प्रतियोगिता ग्रीनफिल्ड इन्टरनेशनल डिपमा आयोजना हुनेछ ।
आयोजक संस्थाकाा रोबिनले पहिलो हप्ता ए पोल, दोस्रो हप्ता बि पोल र तेस्रो साता सेमिफाइनलसँगै फाइनल खेल सम्पन्न गर्ने बताए ।
सो प्रतियोगिताको विजेताले ४ हजार ५ सय दिराम र उपविजेताले ३ हजार दिरामसहित शिल्ड प्राप्त गर्नेछ ।
पिआर इन्टरप्राइजेजको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा १६ टिमलाई सहभागिता गराइने छ । सो प्रतियोगिता सम्पन्न गर्नका लागि बिकी इन्टरनेशनल, हातेमालो प्रदेश सहकारी लगायत अन्य विभिन्न व्यक्ति तथा संघ संस्थाले साथ दिएका छन् ।
पोखरा: पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

