बझाङमा दाजुको हत्या आरोपमा भाइ पक्राउ
बझाङ | असोज ८, २०८०
बझाङमा दाजुको हत्या गरेको आरोपमा भाई पक्राउ परेका छन्।
छबिसपाथिभेर गाउँपालिका-६ का घट्टेलेकका ५० वर्षीय बिजुली मन्डेला पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो। उनले शुक्रबार धारिलो हतियार प्रयोग गरी ६० वर्षीय दाजु जैलु मण्डेलाको हत्या गरेको बझाङका डिएसपी भरतबहादुर शाहले जानकारी दिए।
हत्यापछि आरोपी बिजुली फरार भएका थिए। हत्याको कारणबारे भने हालसम्म खुलेको छैन। पक्राउ परेका बिजुलीलाई कार्यालय ल्याइरहेको डिएसपी शाहले बताए।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

