अनमोल सहकारीको १२ औं साधारणसभा सम्पन्न
पाेखरा | असोज ८, २०८०
पोखरा: पोखरा–१७, छोरेपाटनमा रहेको अनमोल वचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ की अध्यक्ष राधिका कुमारी शाही योगीले उद्घाटन गर्दै सहकारीले आफ्नो उद्धेश्य अनुरुप संचालन हुनुपर्ने वताउँदै शेयर सदस्यहरु नै सहकारीका प्रथम अभिभावक भएकाले आफ्नो जिम्मेवारी निभाउनु पर्ने वताइन ।
सहकारीका अध्यक्ष खेमराज वराल ध्रुबले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ६२ जनाले प्रतिशेयर सदस्य ५ हजारका दरले स्थापना गरेको सहकारीमा हाल ८ सय ९७ जना शेयर सदस्यको शेयर पुजीं ७ करोड १४ लाख ८५ हजार पुगेको जानकारी गराए । साथै उनले सहकारीको कारोबार दिनप्रतिदिन वढ्दै जानुले भविष्य कति उज्जवल छ भन्ने देखाउने पनि वताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज बराल, निवर्तमान अध्यक्ष बद्रीनाथ पहारी, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण वास्तोला, शेयर सदस्य विष्णुप्रसाद शर्मा, निलगिरी वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष लेखनाथ बराल, छोरेपाटन माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लंीराम शर्मा, सावित्रा पौडेल लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।
सभाले अध्यक्ष खेमराज वराल ध्रुबको प्रगति प्रतिवेदन, कोषाध्यक्ष विष्णुप्रसाद शर्माको आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समिति संयोजक माधव भट्टराईको प्रतिवेदन पारित गरेको छ ।
सो अवसरमा निवर्तमान अध्यक्ष बद्रिनाथ पहारी, जेष्ठ सदस्यहरु डिल्लीराम शर्मा र विष्णु प्रसाद पहारी, उत्कृष्ट वचत कर्ता लिलबहादुर कामी र यमुना पहारी, उत्कृष्ट कारोबार कर्तामा मदन कुमार मैनाली र अञ्जु अधिकारी भण्डारी क्षेत्री,सहकारीका व्यवस्थापक खेमराज सुवेदी, विभिन्न तह उत्तिर्ण शेयर सदस्यका छोराछोरीहरु सागर सुवेदी, अजय कुमार थापा, ममता ढकाल, नम्रता रेग्मी, सृष्टी थापा, सविन थापा, समिर पहारी, संगम लम्साललाई सम्मान गरिएको सचिव एकनारायण भण्डारीले वताए ।
संस्थाका अध्यक्ष खेमराज वराल ध्रुबको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टिकाराम बरालले र संचालन सचिव एकनारायण मण्डारीले गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

