गैह्रीगाउँ हत्याकाण्ड: घटनामा संलग्न रहेको आशंकामा थप एकजना प्रकाउ

काठमाडाैं | भदौ ३१, २०८०

गैह्रीगाउँ हत्याकाण्ड: घटनामा संलग्न रहेको आशंकामा थप एकजना प्रकाउ सांकेतिक तस्वीर

 काठमाडौं:     काठमाडौँको तिनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको घटनामा संलग्न रहेको आशंका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सीसीटीभी फुटेजमा देखिएका संदिग्धलाई प्रहरीले पक्राउ गरेको हो ।


उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । शुक्रबार राति अन्दाजी ११ः५५ बजेको समयमा काठमाडौँ महानगरपालिका–३२ गैह्रीगाउँमा चार जनाको हत्या भएको थियो ।


गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा धारिलो हतियार प्रहार गरी दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष ५६ वर्षीय कुमार भुजेल, उनी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन राईको शव फेला परेको थियो ।


उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्