पाँच वर्षमा बेचविखनमा परेका १६ सय जनाको उद्धार

काठमाडाैं | भदौ ३१, २०८०

पाँच वर्षमा बेचविखनमा परेका १६ सय जनाको उद्धार

काठमाडौं:     पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार ६ सय ७९ जनाको उद्धार गरिएको छ । 


नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्ममा बेचबिखनमा परेका उनीहरूको उद्धार गरिएको हो ।


ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार एक हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको हो । 


ब्युरोकै पहलमा पाँच सय ४४ जनाको उद्धार गरिएको छ । यसरी उद्धार गरिएकामध्ये एक हजार ७८ महिला तथा ६ सय पाँच पुरुष रहेका छन् ।


आर्थिक वर्ष २०७८/७९ मा बेचबिखनमा परेकामध्ये दुई सय १४ जनाको उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए । 


यस्तै, आर्थिक वर्ष २०७९/८० मा तीन सय ३६ जनाको उद्धार गरिएको थियो । वैदेशिक रोजगारीका नाममा बेचबिखन बढ्दो रहेको उनको भनाइ छ । 

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्