एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै
काठमाडाैं | भदौ ३१, २०८०
काठमाडौं: एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्काले प्रतिस्पर्धा गर्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे कोलोम्बोमा हुनेछ ।
श्रीलङ्का र भारतको सुपर फोरमा ४-४ अङ्क थियो । नेटरनरेटको कारण भारत शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । सुपर फोरमा भारतसँग श्रीलङ्का ४१ रनले पराजित भए पनि पाकिस्तानलाई दुई विकेट र बङ्लादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
भारतले श्रीलङ्कालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बङ्लादेशसँग भने ६ रनले पराजित भएको थियो । श्रीलङ्काले २०२२ मा टी-२० र भारतले २०१८ मा एकदिवसीय एसिया कप जितेका थिए। रोहित शर्माले भारतको र श्रीलङ्काको दासुन शानकाले कप्तानी गर्नेछन् ।
यसअघि भारतले सात पटक र श्रीलङ्काले ६ पटक एसिया कपको उपाधि जितेका छन् ।
काठमाडौँ: रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनु...
पोखरा: २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ । मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

