गोरखामा टयाक्टर दुर्घटना हुँदा चार जना गम्भीर घाइते
गोरखा | भदौ ३०, २०८०
गोरखा: गोरखा नगरपालिका–३ स्थित नारेश्वरको ओरालोमा टयाक्टर दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । गोरखा सदरमुकामबाट नारेश्वरतर्फ जाँदैगरेको ना ५ त ६०७७ नम्बरको ट्याक्टर आज बिहान ८ बजे दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक डिएसपी रमेशकुमार श्रेष्ठका अनुसार दुर्घटनामा परी गम्भीर घाइते हुनेहरूमा सप्तरी घर भएका ४१ वर्षीय रामबिलास यादव, पालुङटार नगरपालिका –९ मिरकोटका वर्ष २३ का महेश थापा, गोरखा नगरपालिका –३ नारेश्वरका ७४ वर्षीय भुवन थापा र सोही ठाउँका ५० वर्षीय भोजराज ढकाल घाइते भएका छन् ।
गम्भीर घाइते ४ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । बालुवा बोकेर जाँदैगरेको ट्याक्टरको ओरालो बाटोमा दुवै टायर पङचर भएर दुर्घटना परेको श्रेष्ठले बताए ।
टायर पङचर भएपछि टयाक्टर अनियन्त्रित भई नाला नजिकै धारामा पल्टिएको थियो । पल्टने बित्तिकै स्थानीय नागरिकहरूले उद्धार गरी जिल्ला प्रहरी कार्यालय गोरखालाई खबर गरेका थिए । घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

