सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
काठमाडाैं | भदौ २८, २०८०
काठमाडौं: सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभा बैठक दिउँसो २ः३० बजे बस्नेछ भने प्रतिनिधिसभा बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
सदनको बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवम् प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
आजको दुवै बैठकमा शोक प्रस्ताव पारित गर्ने बाहेक अन्य कार्यसूची तय नगरिएको छ सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

