भूमिअधिकार मञ्च कास्कीको अध्यक्षमा पुनः प्रेम गुरुङ

पाेखरा | भदौ २५, २०८०

भूमिअधिकार मञ्च कास्कीको अध्यक्षमा पुनः प्रेम गुरुङ

पोखरा: आईबार पोखरामा सम्पन्न राष्ट्रिय भुमिअधिकार मञ्च नेपाल कास्की जिल्ला मञ्चको पाँचौ अधिवेशनले पुनः प्रेम बहादुर गुरुङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

 

मञ्चको उपाध्यक्षमा बुद्धि पुन, सचिवमा कुमारी गुरुङ, सहसचिवमा विष्णु भट्टराई, कोषाध्यक्षमा लेखमाया थापा र सदस्यहरुमा गोमा तामाङ पराजुली, वेलमाया गुरुङ, शान्ति गुरुङ, हरिकुमारी गुरुङ, मुना श्रीस,  याता माया तामाङ, लोक बहादुर पुन, मानबहादुर गुरुङ, मिन बहादुर विक, डिलबहादुर तामाङ, त्रिवेणी प्रसाद, गोविन्द नेपाली र लोक बहादुर सेन सर्वसम्मत चयन भएका छन् ।

 

कार्यक्रमको गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसिले उद्घाटन गर्दै भुमि व्यवस्था मन्त्रालय भएतापनि प्रदेश मन्त्रालयमा भूमिको काम गर्न पाउने गरी कानुनी व्यवस्था नभएको वताए । साथै उनले भूमिहिन सुकुम्बासी, अव्यवस्थित वमोवासीहरुको समस्यालाई नजिकबाट हेरिरहको वताउँदै समाधानको लागि प्रदेश सरकारले जहजीकरण गर्ने वताए ।

 

सोही अवसरमा पत्रकारहरु अनुपप्रकाश पौडेल, कृष्ण रानाभाट र मधु अधिकार ितथा कास्की जिल्ला मञ्चका गतिविधिहरुमा सक्रियता पूर्वक सहभागि भई विभिन्न सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान पत्र द्धारा सम्मान गरिएको थियो । त्यसैगरी कास्की जिल्ला भित्र रहेका २० वटा टोल मञ्च र तथा पोखरा–९ का कृष्णटोल आमा समुह, शिव टोलविकास संस्था, पार्वती टोलविकास संस्था र शुभकामना टोलविकास संस्थाहरुलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो ।

 

सो अवसरमा राष्ट्रिय भूमिअधिकार मञ्चका संरक्षक ल्यामबहादुर दर्जी, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल, नेकपा एमाले कास्कीका उपाध्यक्ष तेज नारायण अधिकारी, राष्ट्रिय भूमिअधिकार मञ्च नेपालका केन्द्रिय  कोषाध्यक्ष सुनिता विश्वकर्मा, केन्द्रिय सदस्य तथा राष्ट्रिय भूमि आयोग कास्कीका प्रवक्ता आसबहादुर गुरुङ, राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय उपाध्यक्ष दिलमाया गुरुङ, भूमि अधिकार तथा श्रमिक संगठन नेपालका केन्द्रिय सचिव लक्ष्मी प्रसाद अधिकारी, नेकपा माओवादी केन्द्र कास्कीका प्रतिनिधि अर्जुन मल्ल, मञ्चका गण्डकी प्रदेश सचिव निर्मल नेपाली लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

कास्की मञ्चकी सचिव कुमारी गुरुङको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नन बहादुर श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । जिल्ला मञ्च कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रामबहादुर लामिछानेले र संचालन सचिव कुमारी गुरुङले गरेकी थिइन ।

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्