पोखरामा ‘थाङ्ग्रा’ माथि परिचर्चा

पाेखरा | भदौ २३, २०८०

पोखरामा ‘थाङ्ग्रा’ माथि परिचर्चा

गण्डकी:    लेखक प्रगति राईको उपन्यास कृति ‘थाङ्ग्रा’ माथि शुक्रबार पोखरामा परिचर्चा गरिएको छ । परिवर्तनका लागि कार्य नेपालद्वारा आयोजित कार्यक्रममा उपन्यासकार राईसँग हसिना बस्नेतले सम्वाद गर्नुभएको थियो । 


प्रश्नोत्तरका क्रममा लेखक राईले सामाजिक न्याय र लैङ्गिक समानताको मुद्दालाई पुस्तकमा उठाएको बताउनुभयो । “खोटाङकी राई महिला र बैतडीका दलित पुरुषबीचको प्रेम र त्यसमा आउने उतारचढावमा कथा घुमेको छ”, उहाँले भन्नुभयो, “उपन्यासको पात्र र चरित्रले नेपालको पूर्व–पश्चिमलाई जोड्छ ।”


दशर्कदीर्घाबाट उठेको प्रश्नमा लेखक राईले किताबमा पश्चिमको कथा कम आइरहेको देखेर आफू पात्र खोज्दै बैतडी पुगेको उल्लेख गर्नुभयो । उहाँले जन्मिँदै निर्वासित भएर जन्मनुपर्ने विवश महिलाको वंशको अधिकारबारे उपन्यासमार्फत आवाज मुखरित गर्ने प्रयास गरेको धारणा राख्नुभयो । 


लेखक राईले महिला–पुरुष दुवैको समान हक र स्वतन्त्रताका पक्षमा आफू सधैँ उभिइरहने बताउनुभयो । पूँजीवादले महिलाई बन्धनमा राखेको भन्दै त्यसकाप्रतिको विद्रोहका रूपमा पनि ‘थाङ्ग्रा’ उपन्यासलाई लिन सकिने उहाँको भनाइ थियो ।


आयोजक संस्थाका अध्यक्ष गीता लामिछाने विष्टले नेपाली समसामयिक र ज्वलन्त मुद्दालाई लेखक राईले उपन्यासमा लिपिबद्ध गरेको बताउनुभयो । “महिला, दलित र सीमान्तकृत समुदायको आवाज पुस्तकमा मुखरित भएको छ, सामाजिक परिवेशको जीवन्त चित्रण यस उपन्यासमा पाइन्छ”, उहाँले भन्नुभयो । 


सहजकर्ता बस्नेतले महिलाका मुद्दामा लेखिएको ओजिलो कृतिका रूपमा ‘थाङ्ग्रा’लाई लिनुभयो । उहाँले उपन्यासको कथानक र पात्रले आफूलाई प्रभावित बनाएको धारणा राख्नुभयो । “पुस्तकमा हास्य रस पनि उत्तिकै भेटिन्छ, पढ्दै जाँदा कथाले आफैँ डो¥याउँछ”, बस्नेतले भन्नुभयो, “भाषाको छनोट र शिल्पले पनि पुस्तकलाई सरल बनाएको छ ।”


लेखक राईको सो उपन्यास मदन पुरस्कारका लागि उत्कृष्ट पाँचमा परेको कृति हो । राईका यसअघि ‘लेखककी स्वास्नी’, ‘बिर्सिएको मृत्यु’ लगायत कृति प्रकाशित छन् ।

पोखरा:  नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् ।  अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...

थप पढ्नुहोस्

पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

थप पढ्नुहोस्