कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण
काठमाडाैं | भदौ २०, २०८०
काठमाडौं: नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको छ । भृकुटीमण्डपस्थित रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा उहाँमाथि आक्रमण भएको हो ।
बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुनुभएका यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
प्रहरीले खुकुरी प्रहार गर्ने युवालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना...
म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । म्याग्दीको अर्मन र बागलुङ...
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

