सिआइडी देखेपछि सेतीमा हाम फालेका सन्तोष: बेपत्ता कि फरार ?

एसपी खनालको नेतृत्वमा छानबिन समिति

पाेखरा | भदौ २०, २०८०

सिआइडी देखेपछि सेतीमा हाम फालेका सन्तोष: बेपत्ता कि फरार ?

पोखरा:  पोखरा १ कस्केरीका मनध्वज तामाङ भदौं ६ गते माछा मार्न सेती नदीमा बल्छी हानिरहेका थिए ।

 

माछामा नजर लगाइरहेका मनध्वजले अचानक दाई सन्तोष तामाङ सेती नदीमा बगिरहेको देखे ।

 

आफ्नो दाई नदीमा बगिरहेको देखेपछि उनले नजिकै रहेका सादा पोशाकका प्रहरीलाई उद्धार गर्न सहयोग मागे तर सहयोग पाएनन् । ति सिआइडीको टोलीले ३ जनालाई पक्राउ गरेर वडा प्रहरी कार्यालय बगरको भ्यानमा राखे ।

त्यसपछि लागुऔषधको कारोबार भएको कुरा मनध्वजले चाल पाए । त्यही समूहमा सन्तोष तामाङ पनि थिए ।

 

सिआइडीले लागुऔषध कारोबारीलाई खेदेपछि सन्तोष डराएर सेती नदीमा हाफ फालेको स्थानीयको भनाइ छ ।

 

एसपी खनालको नेतृत्वमा छानबिन समिति

 

सन्तोष तामाङको फोन साथीले प्रयोग गरेर अर्को साथीलाई सम्पर्क गरिरहेका थिए । साथीले कस्केरीतिर जाऔं भनेपछि त्यहाँ गएको र लागुऔषधको कारोबार बारे सन्तोष बेखबर रहेको स्थानीयहरुको तर्क छ । तर प्रहरीले त्यो कुरालाई स्वीकार गरेको छैन । 

 

गल्ती नभए सन्तोष सेती नदीमा हाम नफाल्ने प्रहरीको जिकिर छ । त्यसैले सत्यतथ्य पत्ता लगाउन प्रदेश प्रहरी कार्यालय गण्डकीले छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ ।

 

‘बेपत्ता सन्तोषको अझैपनि अवस्था अज्ञात नै छ । खोजीकार्य भइरहेको छ र परिवारलाई पनि समन्वय गरिरहेकै छौ, जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्रवण कुमार बिकले भने, ‘घटनाको सत्यतथ्य पत्ता लगाउने गरी प्रदेशबाट एसपी साबको नेतृत्वमा अनुसन्धान भइरहेको छ ।’

 

उनका अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले प्रहरी उपरीक्षक केदार खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । 

 

अझै भेटिएनन् सन्तोष

 

सेतीमा पसेका सन्तोषको खोजीकार्य तिब्र पारिएपनि अझै पनि उनको अवस्था अज्ञात छ । 

 

उनी सेतीमा बगेको भाई मनध्वजले पुष्टि गरेपछि खोजी गर्न वडा प्रहरी बगरमा सन्तोषका परिवारले निवेदन दिएका थिए ।

 

त्यतीमात्र नभइ आफ्नो दाई सिआइडीले लखेटेकै कारण सेतीमा हाम फाल्न बाध्य भएको आरोप लगाउदै दुई वटै सादा पोशाकका प्रहरी (सिआइडी) लाई कारवाही गर्नुपर्ने तामाङ परिवारको माग छ ।  

 

परिवारको माग अनुसारनै सशत्र प्रहरी बलको टोलीसँगको सहकार्यमा खोजी कार्य जारी रहेको डिएसपी श्रवण कुमारले बताए । 

 

‘खोजी कार्यका लागि परिवारले प्रहरी कहाँ निवेदन दिएको छ, परिवारले निवदेन नदिएपनि यस्तो अवस्थामा प्रहरीले खोजी कार्य गर्नु कर्तव्य नै हो, उनले भने, ‘हामीले व्यापक खोजी गरिरहेका छौ ।' 

 

उनले सो घटनामा जोडिएका २ जना सादा पोशाकका प्रहरीलाई छानबिन समितिको प्रतिवेदन नआउन्जेल जिम्मेवारीबाट हटाइएको बताए ।

 

 ‘अनुसन्धानका लागि छानबिन समिति नै गठन भएको छ । उहाँहरुको प्रतिवेदन नआएसम्म कारवाही स्वरुप अहिले जिम्मेवारीबाट हटाइएको छ,’ डिएसपी श्रवण कुमारले भने ।

 

तीनजनामाथि अनुसन्धान जारी

 

गत ६ गते लागुऔषधसहित पक्राउ परेका तीनैजनामाथि अनुसन्धान जारी रहेको डिएसपी श्रवण कुमारले बताए ।

 

‘छानबिन समितिले आफ्नो तरिकाले काम गरिरहेको छ । बेपत्ता सन्तोषको खोजी कार्य पनि जारी छ, उनले भने, ‘यता लागुऔषधसहित पक्राउ परेका तीन जनामाथि पनि अनुसन्धान भइरहेको छ । उनीहरु हाम्रो नियन्त्रणमै छन् ।’ 
 

लागुऔषध कसुरमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइने कानूनी प्रावधान रहन्छ । 

 

वडा प्रहरी कार्यालय बगरको टोलीले गत भदौ ६ गते पोखरा १ जौबारी मुनी सेती नदीको तिरबाट लागुऔषधसहित पोखरा २५ का विरेन्द्र शर्मा, सोही स्थानकै सविन आलेमगर र एक जना नाबालगलाई पक्राउ गरेको थियो ।

 

चितवनः   पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।   दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको मृत्यु भएको हो ।  ...

थप पढ्नुहोस्

डडेल्धुरा:   आफ्नै श्रीमती ३८ वर्षीया डम्बरीदेवी देउवाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्  ।   पक्राउ पर्नेमा आलिताल गाउँपालिका–२ मटेला बस्ने ४२ वर्षीय कर्ण बहादुर देउव...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गरिएको छ ।   पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना तथा स्वास्थ्यको क्षेत्रमा क्रियाशील विभ...

थप पढ्नुहोस्